उनलाई चोकमा देखेँ

Published on

जब उनलाई पहिलोचोटि
चोकमा देखेँ,
त्यसपछि त कस्सम
हरेक थोकमा देखेँ।
उनी खित्का छोडेर हाँसिदिँदा
जोकमा देखेँ,
उनी आँसु बगाई रोइदिँदा
शोकमा देखेँ।

जब उनलाई पहिलोचोटि
चोकमा देखेँ,
कसिएको उनको
'फिगर'लाई हेर्दाहेर्दै
उनलाई त स्प्राइट र कोकमा देखेँ।
खै के झोकमा देखेँ
सायद पिरतीको भोकमा देखेँ।

भन्नेले त भन्लान्
के देखिस् र त्यसमा?
मैले कस्सम
स्वर्गकि परी
यसै लोकमा देखेँ,
जब पहिलोचोटि उनलाई
चोकमा देखेँ!

To be informed of the latest articles, subscribe:
Comment on this post