Overblog
Follow this blog Administration + Create my blog

तरकारी- लघुकथा

-सुरेश 'बादल' म तरकारी बनाउदै थिएँ। छिमेकिकी छोरी अचानक भीत्र पसि।'ओहो!कति मिठो बास्ना हो,तपाईं संग बिहे गर्नेले चाही सुख पाउने रहिछे है।'उसले जिस्किएको देखेर मैले पनि जिस्कौदै भनें,'तिमीले नै त होनि सुख पाउने।' 'तपाईं संगै बिहे गर्नुपर्छ र, के मैले हैण्डसम...

Read more

उठ्नुस् न बा-कविता

- सुरेश 'बादल' तपाईं किन यसरी सुतिरहनु भएको बा? उ हेर्नुस त तपाईंभन्दा ढिलो उठ्ने घाम अघिनै उठिसक्यो तपाईंको हातगोडा किन चिसो बा, किन दर्हो भएको यो शरीर? यी मानिसहरु किन आँसु झार्दै उभिएका बा, उठ्नुस् न। लट्ठि टेकेकै भरमा त्यत्रा पहाठहरु चढ्नुभयो सङ्घर्सका...

Read more

के थाहा तिमिलाई- कविता

- सुरेश 'बादल' तिमीलाई पछ्याउँदै हृदयमा तिमिलाई राख्न फूलहरू बिछ्याउँदै एकान्तमा मनमनै तिम्रै नाम चिच्याउँदै तिम्ले नदेख्नेगरि थाहा नपाउनेगरि मैले कैयौँ दिन तिम्रो टोलमा दिनहरू बिताएको छु परैबाट भएनि एकोहोरो हेर्दा सायद तिमिलाई सताएको छु! के थाहा तिमीलाई...

Read more

अर्कैको बुढि मन पराउँछु!

-सुरेश 'बादल' कहिले त्यसै-त्यसै सोचाईमा हराउँछु कहिले अनिश्चित यात्रा सम्झेर डराउँछु भन्छन् सपनामा पनि बर्बराउँछु किनकि जो अरू कसैको अमानत हो म त्यसैलाई मन पराउँछु! हरेक दिन फेसबुकमा फोटो हेरिरहन्छु त्यो सुन्दर मुहारको वर्णन गर्दै कागजमा केरिरहन्छु त्यो...

Read more

डण्डिफोर- कविता

-सुरेश 'बादल' कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ! जब कसैले भोजको निम्तो गर्छन् चिटिक्क परेर जाने रहर हुन्छ...

Read more

मीस- कविता

- सुरेश 'बादल' स्कुल पढ्दा हाम्री एउटि मीस थिइन् मीस राम्री थिइनन् उनी त लास्टै 'ठिस' थिइन्! बोली अत्ति छुच्चो थियो, नाक पनि चुच्चो थियो, कपाल त झन् कपाल हो र! त्यो त ठ्याक्कै कुचो थियो! ठूलो स्वरले कराइदिन्थिन् अनि होसहवास हराइदिन्थिन् कहिलेकाहिँ त सपनामै...

Read more

मुनामदन!- कविता

-सुरेश 'बादल' देश उहि छ परिवेश उस्तै छ महत्त्व धनकै छ तर प्रेम फेरिइसक्यो प्रेमीहरू फेरिइसके! आजकाल मदनहरू खाडिमा रमाउँछन् अनि मुनाहरूलाई पराईले गाडिमा घुमाउँछन्! त्यो दिलदार भोटे भेटिँदैन परदेशमा आत्मियताको प्यास मेटिँदैन परदेशमा बरू आफ्नाबाटै आफ्नाहरू...

Read more

प्लीज! मेरो फोटो नखिच्!

-सुरेश 'बादल' जब तिमी लामो नाल भएको बन्दुक ताकेजसरी नै ताकेर क्यामेराले मलाई ताक्छौ 'लेन्स'को 'फोकस' मेरै अनुहारमा राख्छौ तब चिच्याएर भन्न मन लाग्छ मेरो फोटो नखिच्! मलाई भ्रमको दुनियाँमा बाँच्नु छैन पीडाहरू दबाएर फोटोमा मात्र हाँस्नु छैन अहँ! झुटको लेप...

Read more

भागेर जाउँला-कविता

-सुरेश 'बादल' तिम्रो पनि मेरोजस्तै सूर छ भने मेरो प्रस्तावमा तिम्रो पनि मन्जुर छ भने हाम्रो प्रेमलाई साक्षी राखेर जाउँला समाज र परिबन्दलाई लतारेर जाउँला कहिँ कतै बिरानो ठाउँमा हामी भागेर जाउँला! केहि सोच्नै पर्दैन तिमीले, परिवारलाई पनि सोध्नै पर्दैन तिमीले...

Read more

मलमास- कविता

- सुरेश 'बादल' खै के मिलेन कुन्नि भात पनि गीलो भएछ बिहानै काटेर राखेको आलु पनि नीलो भएछ भुटुन बढि परेर होला तरकारी नि चिल्लो भएछ पकाउन त पकाइयो ग्याँस मात्र सकाइयो न त खाइयो नपाउनु दुखमात्र पाइयो बिन्ती बुढि मेरो मायालाई सम्झिएर आउ यो मलमास अलि छोट्याएर...

Read more

1 2 > >>